माया मेट्रो हस्पिटलका डाक्टर पौडेल विद्याभुषणबाट विभुषित
![](https://bolanyathali.com/wp-content/themes/bolanya/img/bolanya-face-sm.png)
![माया मेट्रो हस्पिटलका डाक्टर पौडेल विद्याभुषणबाट विभुषित](https://bolanyathali.com/wp-content/uploads/2024/09/ooo-1024x512.jpg)
धनगढी : कैलालीको धनगढी स्थित मायामेट्रो हस्पिटलमा कार्यरत वरिष्ठ न्यूरो सर्जन डाक्टर हरी पौडेल राष्ट्रिय शिक्षा दिवसको अवसरमा विभुषित भएका छन् ।
न्यूरो सर्जरी विषयमा एमसि. एच. गरी नेपाल विद्याभुषण (क) प्राप्त गर्दै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत् राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा डा.पौडेल विभुषित भएका हुन् ।
शिक्षा दिवसको अवसरमा सरकारले सार्वजनिक गरेको उच्च शिक्षा तर्फको विद्याभूषण / विद्यापदक प्राप्त गर्नेहरुको सुचीमा डा.पौडेलको नाम रहेको थियो । देश भरिमा विद्याभुषण (क) प्राप्त गर्ने २६४ जना मध्ये डा. पौडेलले पनि विद्याभूषण / विद्यापदक प्राप्त गरेका हुन् ।
लामो समय देखि सेवा दिँदै आइरहेको माया मेट्रो हस्पिटलमा कार्यरत डा. पौडेललाई बुधबार शिक्षा दिवसको अवसरमा नेपाल सरकार शिक्षा तथा विज्ञान तथा मन्त्रालयदद्वारा विभूषित गरिएको हो ।
![](https://bolanyathali.com/wp-content/uploads/2024/09/maya-metro_0_20230425175647.gif)