बोलन्या थलीका प्रवक्ता शाही रास्वपा सुदूरपश्चिमको सदस्यमा निर्वाचित
बोलन्या थली |
३ असार २०८३, बुधबार
धनगढी । बोलन्या थलीका प्रवक्ता गणेश शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सदस्यमा निर्वाचित भएका छन् । प्रथम प्रदेश अधिवेशनबाट उनी प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।
उनले ३८ जना खुल्ला सदस्यबाट सर्वाधिक मतसहित प्रदेश कमिटी सदस्य बन्न सफल भएका हुन् । डोटी घर भएका शाही बोलन्या थलीको स्थापना कालदेखि प्रवक्ताको भुमिकामा रहदै आएका छन् ।
यता थलीका अध्यक्ष यादव जोशीले प्रवक्ता शाहीलाई रास्वपा सुदूरपश्चिम सदस्यमा निर्वाचित भएकोमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक कार्य सँगै शाहीको राजनीतिक यात्राको सफलताको कामना व्यक्त गरेका छन् ।


