पर्यटनको लागि हजार माइलको यात्राको पहिलो पाइला : अपि हिमाल पर्यटन उत्सव, २०८३

बोलन्या थली | ६ कार्तिक २०८३, बिहीबार
पर्यटनको लागि हजार माइलको यात्राको पहिलो पाइला : अपि हिमाल पर्यटन उत्सव, २०८३

लोकेन्द्र बहादुर बिष्ट
चिनियाँ दार्शनिक लाओत्सेले भनेका छन्,‘हजार माइलको यात्रा एउटै पाइलाबाट सुरु हुन्छ।’
यो भनाइ पदयात्रामा मात्र होइन, कुनै गाउँ, समाज वा भूगोलको आर्थिक र सामाजिक रूपान्तरणको अभियानमा पनि उत्तिकै सान्दर्भिक हुन्छ।

सुदूरपश्चिमको उत्तरपूर्वी छेउ, दार्चुलाको हिमाली काखमा रहेको अपिहिमाल गाउँपालिकाले अहिले त्यही पहिलो पाइला चाल्दैछ। यही कार्तिक १७ देखि १९ गतेसम्म आयोजना हुने ुअपिहिमाल पर्यटन उत्सव, २०८३ु यही सङ्कल्पको व्यावहारिक रूप हो। यस उत्सवको मुख्य ध्येय लामो समयदेखि ओझेलमा परेका अपिहिमालका अद्वितीय सम्भावनाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्नु हो।
उत्सवको स्वरूप र तीन दिने रूपरेखा
तीन दिने महोत्सवलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी संस्कृति, खेलकुद र वातावरणसँग जोडिएको छ।
पहिलो दिन ९कार्तिक १७०स्औपचारिक उद्घाटन सत्र, स्थानीय झाँकी प्रदर्शन र अपि साहित्यको प्रस्तुति हुनेछ। अपिहिमालको मौलिक पहिचान र स्थानीय कला-साहित्यले यही दिन मञ्च पाउनेछ।

दोस्रो दिन (कार्तिक १८) उच्च  हिमाली भूगोलमा मैत्रीपूर्ण भलिबल र क्रिकेट खेल हुनेछ। साँझ स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिले सांस्कृतिक रङ भर्नेछन्।

तेस्रो दिन (कार्तिक १९) योगध्यान शिविर, जलवायु संवाद र समापन कार्यक्रम हुनेछ। यो दिन पूर्ण रूपमा वातावरणीय संवेदनशीलताप्रति समर्पित हुनेछ।
रोमाञ्चक यात्रा र सुरक्षा प्रबन्ध
कार्यक्रमस्थल पुग्ने यात्रा आफैँमा उत्सवको एउटा अविस्मरणीय अनुभव हुनेछ। सहभागीहरू मकरी गाडसम्म गाडीमा आउनेछन्। त्यहाँबाट करिब दुई दिनको पदयात्रा गर्नुपर्नेछ। यो यात्रा आफैँमा उत्सवको हिस्सा हो। बाटोभरि हिमाली गाउँ, खोला र जङ्गलको जनजीवन नजिकबाट देख्न पाइनेछ। उचाइ र मौसमको जोखिम ध्यानमा राखेर पदमार्गमा सुरक्षा, प्राथमिक उपचार र उद्धारको व्यवस्थालाई उत्तिकै प्राथमिकता दिइनेछ।
पर्यटनबाट स्थानीय अर्थतन्त्रमा गति
पर्यटन आधुनिक अर्थतन्त्रको दिगो आधार हो। अपि हिमालमा पर्यटकीय गतिविधि बढ्नु भनेको स्थानीय तहमा रोजगारी, स्वरोजगारी र आम्दानीका अवसर खुल्नु हो। यस उत्सवले सामुदायिक होमस्टे, स्थानीय यातायात, पदयात्रा गाइड, पोर्टर, होटल तथा साना व्यवसायीलाई सीधा फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ।

आन्तरिक र बाह्य पर्यटकको आगमनले गाउँमा नगद प्रवाह बढाउनेछ र ग्रामीण अर्थतन्त्र आत्मनिर्भरतातर्फ अघि बढ्नेछ।  आन्तरिक तथा बाह्य पर्यटकको आगमनले ग्रामीण अर्थतन्त्रमा नगद प्रवाह बढाउनेछ भने स्वदेशी तथा विदेशी लगानीकर्ताहरूका लागि यो क्षेत्र लगानीको नयाँ गन्तव्य बन्न सक्नेछ।
संस्कृतिको संरक्षण र पुस्तान्तरण
अपिहिमाल प्राकृतिक सौन्दर्यले मात्र होइन, मौलिक हिमाली जीवनशैली, भेषभूषा, रीतिरिवाज, लोकबाजा र देउडा जस्ता सांस्कृतिक सम्पदाले पनि धनी छ। यी मौलिकता लोप हुने जोखिममा छन्। उत्सवमा हुने झाँकी प्रदर्शन, अपि साहित्यको प्रस्तुति र कलाकारका प्रस्तुतिले स्थानीय लोककला र संस्कृतिलाई मञ्च दिनेछ। नयाँ पुस्तालाई आफ्नो सम्पदाको महत्त्व बुझाउनेछ। संस्कृति आम्दानी र स्वाभिमानसँग जोडिएपछि यसको दिगो संरक्षण र पुस्तान्तरण सम्भव हुनेछ।
स्थानीय उत्पादनको बजारीकरण
यार्सागुम्बा, पाँचऔंले लगायतका जडीबुटी, फापर, स्थानीय सेतो सिमी, भिरमौरीको मह र भेडा(च्याङ्ग्राको ऊनबाट बनेको राडीपाखी अपिहिमालका मौलिक पहिचान हुन्। बजारको अभावमा यी उत्पादनले उचित मूल्य पाउन सकेका छैनन्।

उत्सवमा आउने सरकारी प्रतिनिधि, स्थानीय तहका प्रमुख, पर्यटन व्यवसायी र पत्रकारको उपस्थितिले उत्पादकलाई खरिदकर्ता, व्यापारी र पर्यटकसँग प्रत्यक्ष जोड्ने अवसर दिनेछ। जडीबुटी तथा वन्यजन्य उत्पादनको सङ्कलन र बिक्रीबाट गाउँपालिकाको आन्तिक आयमा समेत बढोत्तरी हुने विश्वास छ।
पदयात्रा, खेलकुद र स्वास्थ्य
अपि हिमालको पदयात्रा नेपालका रोमाञ्चक र प्राकृतिक रूपमा अछूतो पदमार्गमध्ये एक हो। प्रकृतिसँगको यस्तो सामीप्यले शारीरिक स्वास्थ्य र मानसिक शान्ति दुवै दिन्छ। ुस्वस्थ नागरिक, सबल राष्ट्रु को परिकल्पनासँग यो मेल खान्छ। यही भावनालाई उत्सवको अन्तिम दिनको योगध्यान शिविरले अझ गहिरो बनाउनेछ। उच्च हिमाली भूगोलमा हुने मैत्रीपूर्ण भलिबल र क्रिकेटले साहसिक खेलप्रेमीलाई आकर्षित गर्नेछ।
हिमाली जनजीवन र हिमशिखर
यहाँका बासिन्दाको सङ्घर्षशीलता, आतिथ्य, प्राकृतिक ज्ञान र जीवन दर्शन आफैँमा अध्ययनका विषय हुन्। अपि ९७,१३२ मिटर०, जेठी बहुरानी र नाम्पा जस्ता हिमशिखरको काखमा रहेको यो भूमिलाई देशी–विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउन उत्सव कोसेढुङ्गा बन्नेछ। अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटन प्रवर्द्धन र प्रकृति संरक्षणलाई सँगसँगै लैजाने रणनीति लिइएको छ।
उत्सव नै किन ?
कतिपयको मनमा प्रश्न उठ्न सक्छ( अपि हिमाल आफैँमा सुन्दर छ भने उत्सव किन रु अथवा स्थानीय उत्सवले राष्ट्रिय पर्यटन र अर्थतन्त्रमा के प्रभाव पार्छरु हाम्रो जवाफ स्पष्ट छ । प्रकृतिले दिएको सौन्दर्य ओझेलमा रहँदासम्म त्यसले समृद्धि ल्याउँदैन। त्यसलाई पहिचान र बजारसँग जोड्ने सबैभन्दा बलियो माध्यम उत्सव नै हो।

अर्थतन्त्रको विकास सुगम सहर र केन्द्रमा मात्र सीमित गरिनु हुँदैन। दुर्गम स्थानीय तहमा यस्ता उत्सव हुँदा स्रोत र पुँजीको विकेन्द्रीकरण हुन्छ। गाउँ-गाउँमा नगद प्रवाह बढ्छ र साना तथा मझौला उद्यमीले प्रोत्साहन पाउँछन्। नेपालको पर्यटन केही परम्परागत गन्तव्यमा मात्र केन्द्रित हुँदा अनेक सुन्दर भूगोल ओझेलमा परेका छन्। प्रत्येक क्षेत्रले आफ्नो विशेषता चिनाउने उत्सव गरे पर्यटकले नयाँ गन्तव्य, नयाँ अनुभवु का विकल्प पाउँछन्। पर्यटनको दायरा फराकिलो हुन्छ। उत्सवको तयारीका लागि सडक, पदमार्ग, सञ्चार, विद्युत्, खानेपानी र आवासजस्ता न्यूनतम पूर्वाधार निर्माण र स्तरोन्नतिमा सरकार र निजी क्षेत्रको ध्यान जान्छ। यी पूर्वाधार उत्सवपछि पनि स्थानीयको दीर्घकालीन समृद्धिको आधार बन्छन्। साथै, स्थानीय बासिन्दामा सरसफाइ, व्यावसायिकता र आतिथ्य क्षमताको विकास हुन्छ, जसको लाभ स्थानीयले दीर्घकालसम्म पाइरहन्छन्।
दिगो पर्यटनतर्फको यात्रा
पर्यटनको विकाससँगै वातावरणीय संवेदनशीलतालाई बिर्सन मिल्दैन। फोहोरमैला व्यवस्थापन, प्राकृतिक स्रोतको संरक्षण र स्थानीय समुदायको हितलाई केन्द्रमा राखेर नै अपिहिमालले दिगो पर्यटनको आधारशिला खडा गर्नेछ।

लेखक बिष्ट दार्चुलाको अपिहिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

जनाअवजको टिप्पणीहरू