एमाले कैलालीको उपसचिवका लागि रेग्मीको दाबी

बोलन्या थली | ५ फाल्गुन २०८०, शनिबार
एमाले कैलालीको उपसचिवका लागि रेग्मीको दाबी

धनगढी । नेकपा एमाले कैलाली जिल्लाको ९औं जिल्ला अधिवेशनमा उपसचिवका लागि मदनराज रेग्मीको सशक्त दाबी रहेको छ । फागुन ६ र ७ गते सुख्खडमा हुने सो अधिवेशनमा उनले उपसचिवका लागि सशक्त दाबी गरेका हुन ।

युवा संघबाट आफ्नो राजनीति सुरु गरेका र युवा संघ नेपाल कैलालीका पूर्व अध्यक्ष समेत भई सकेका रेग्मीको नेकपा एमाले पार्टीको जिल्ला उपसचिवको लागि विशेष चर्चा हुने गरेको छ । नेकपा एमाले पार्टी वडा सदस्य, नगर सदस्य, क्षेत्रीय कमिटी सचिव हुँदै नेकपा हुँदा धनगढी उपमहानगरपालिका कार्यालय सदस्य समेत भईसकेका रेग्मी हाल नेकपा एमाले पार्टीका जिल्ला कमिटी सदस्य हुन ।

अखिल नेपाल किसान महासंघ प्रदेश अध्यक्ष समेत भएका रेग्मी युवामाँझमा लोकप्रिय नेताको रुपमा परिचित छन् ।राजनीतिसँगै व्यवसायमा पनि रहेका रेग्मी सामाजिक कामहरुमा पनि त्यत्तिकै व्यस्त हुन्छन् । नम्र स्वभाव,पारदर्शी व्यवहार र परिपक्वता उनका प्रमुख विशेषता हुन् ।

जनाअवजको टिप्पणीहरू