डडेल्धुराको परशुरामधाम क्षेत्रमा समाजसेवी विष्टले बिजुली सहयोग गर्ने

बोलन्या थली | २९ पुष २०८०, आईतवार
डडेल्धुराको परशुरामधाम क्षेत्रमा समाजसेवी विष्टले बिजुली सहयोग गर्ने

डडेल्धुरा। डडेल्धुराको परशुरामधाम क्षेत्रमा युवा विनोद बिष्टले बिजुली सहयोग गर्ने भएका छन् ।

उनले परशुराम धाम क्षेत्रमा १२ वटा  १ सय २० वाट क्षमताका बिजुली जडान गरेका छन् ।

मेलालाई मध्यनजर गरि आफुले उज्यालोको ब्यवस्था गरेको बिष्टको भनाई रहेको छ । भोलि माघ १ गते परशुराम धाममा ठुलो मेला लाग्ने भएको छ । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाको परिगाउँस्थित परशुराम धाममा माघे सङ्क्रान्तिको अवसरमा यस वर्ष पनि मेलाको आयोजना हुने भएको हो ।

परशुराम धाममा रहेका चुन ढुङ्गा भगवान् परशुरामले तपस्या गरे पश्चात् होम गरे पछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ ।

भगवान् परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुराम धाम राखिन गएको पुराणमा उल्लेख गरिएको छ ।पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जागाराम बस्ने गर्दछन् । त्यसो गर्नाले धर्म कमाइने आस्था छ ।

माघ १ गते बिहानैबाट महाकाली किनारमा नुहाउने भक्तजनहरूको भीड लाग्छ । माघे सङ्क्रान्तिको दिन गङ्गा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ । मेला हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला तथा, छिमेकी राष्ट्र भारतबाट समेत तिर्थालु तथा दर्शनार्थीहरु आउने गर्दछन् ।

जनाअवजको टिप्पणीहरू