डोटी जेसिज बर्ष २०२४ को अध्यक्षमा कठायत

बोलन्या थली | १५ पुष २०८०, आईतवार
डोटी जेसिज बर्ष २०२४ को अध्यक्षमा कठायत

डोटी । डोटी जेसिज बर्ष २०२४ को अध्यक्षमा रोसन कठायत सर्बसम्मत चयन भएका छन् । आइतवार दिपायलमा सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट कठायतको नेतृत्वमा  ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।

डोटी जेसिजको कार्यकारी उपाध्यक्षमा किरण बिष्ट र भरत कठायत चयन भएका छन । यस्तै उपध्यक्षमा नरेश भण्डारी, पवन महरा, टेक राज उपाध्याय र सुरेन्द्र कुँवर चयन भएका छन् ।

महासचिवमा प्रविन उपाध्याय, कानुनी सल्लाहकारमा दिल्ली राज जोशी, कोषाध्यक्षमा हरि भण्डारी, सचिवमा योगेन्द्र रावत, सह-सचिवमा केशब धामी तथा सह-कोषाध्यक्षमा नन्दन सिंह कार्की सर्बसम्मत चयन भएका हुन् ।

नवनिर्वाचित पदाधिकारीहरुको  पदभार ग्रहण माघ ६ गते भव्य कार्यक्रमकाबीच  गरिने बर्ष २०२३ का अध्यक्ष हिक्मत बहादुर साउदले बताए ।

जनाअवजको टिप्पणीहरू