बैतडीका नबिन भाटलाई आर्थिक सहयोग
धनगढी । बैतडीको दोगडा केदार गाउँपालिका वडा नम्बर ५ घर भई हाल माया मेट्रो हस्पिटल धनगढीमा उपचाररत १५ वर्षीय नबिन भाटलाई आर्थिक सहयोग जुटेको छ ।
समाजसेवी शेर सिंह कार्की र भोजराज जोशीको नेतृत्वमा सञ्चालन भएको सहयोग अभियान मार्फत आज भाटलाई एक लाख २९ हजार ३ सय ५७ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
घरको आर्थिक अवस्था कमजोर रहनुका साथै घरमा एकल आमा मात्रै रहेकाले उनको उपचारमा कठिनाइ हुने भएपछि आफूहरूले नबिन भाट सहयोगार्थ अभियान सुरु गरेको जोशीले बताए ।
जोशीका अनुसार हाल सम्म जुटेको सहयोग आज अस्पतालमै गई बिरामीकी आमालाई सो रकम हस्तान्तरण गरिएको जनाएको छ ।
दुवै खुट्टाको नसाको अपरेसन भइसकेको र करिब ६ महिना अस्पतालमै बस्नुपर्ने डाक्टरको सल्लाह अनुसार हाल उनी अस्पतालमै बस्दै आएका छन्। प्रत्येक दिन डाक्टरको निगरानीमा राख्नुपर्ने भएकाले नबिन भाटकी आमाले सबैमा सहयोग अपिल गरेकी थिइन् । सोही अपिल मार्फत सहयोग जुटाउने अभियान जारी छ ।
हाल सम्म जुटेको रकम बुझाइसकेको र आगामी दिनहरूमा सङ्कलन भएको रकम पुन बिरामीलाई हस्तान्तरण गर्ने भएकाले भाटलाई सहयोग गरिदिन कार्कीले सबैमा आग्रह गरे । नविन भाटलाई सहयोग गर्न चाहनुहुने मानभावले शेर सिंह कार्कीको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर १८८०७०१०००२२६१ अथवा ९८४८८८९४९७ ९८६४४८६९५९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
सहयोगी दाताहरू :-