डा. तारा जोशीको सचिवालयले धनगढीमा मनायो होली
बोलन्या थली |
२२ फाल्गुन २०७९, सोमबार
धनगढी । सुदूरपश्चिमका प्रदेश सभा सदस्य डा. तारा जोशीको सचिवालयले आज धनगढीमा होली पर्व मनाएको छ ।
डडेल्धुरी समाज कैलालीको सहकार्यमा जोशीको सचिवालयले होली पर्व मनाएको हो । डडेल्धुरा घर भई हाल रोजगारीको सिलसिला तथा अध्ययन, व्यवसायको कारणले धनगढीमा बस्दै आएका डडेल्धुरीहरुले भव्य रुपमा होली पर्व मनाएका हुन् ।
होली कार्यक्रममा प्रदेश सभा सदस्य डा तारा प्रसाद जोशीको समेत सहभागितामा रहेको थियो । सुदूरपश्चिममा खेलिने देउडा लयको होलीलाई उनीहरूले निरन्तरता दिएका थिए ।
होलीमा रामायणका पात्र तथा कृष्णभवगानको गाथालाई होलीको गीतमार्फत पस्केका थिए । आज पहाडी जिल्लामा धुमधामका साथ होली पर्व मनाइएको छ भने भोलि फागुन २३ गते तराई जिल्लामा होली पर्व मनाइँदै छ ।