खेलकुद क्षेत्रमा अगाडी बढ्दै परशुराम

बोलन्या थली | १५ फाल्गुन २०७९, सोमबार
खेलकुद क्षेत्रमा अगाडी बढ्दै परशुराम

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका खेलकुद क्षेत्रमा अब्बल बन्दै गएको छ । विभिन्न खेलकुदका प्रतियोगितामा यहाँका खेलाडीहरूले राम्रो प्रर्दसन गर्न थालेका छन् ।

आइतबार मात्रै सम्पन्न जिल्ला स्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा परशुराम नगरपालिका प्रथम स्थान हासिल हुन सफल भएको छ । अजयमेरु गाउँपालिकामा सम्पन्न प्रतियोगितामा सर्वाधिक २३ स्वर्ण, ६ रजत र ७ कांस्यसहित परशुरामले ट्रफी उचालेको हो। 

यसैबिच जिल्ला स्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडीहरूलाई श्री भुवनेश्वरी नमुना माध्यमिक विद्यालय परिगाँउ डडेल्धुराले सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बिच जिल्ला स्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्डको ट्रफी उचालेको  परशुरामका खेलाडीहरूलाई सम्मान गरेको हो ।

May be an image of 1 person, standing and outdoors

यता नगरपालिकाका नगरप्रमुख भरत जोशीले खेल वातावरणलाई थप व्यापक र व्यवस्थित बनाउन नगरपालिका कटिबद्ध रहेको बताएका छन् ।  खेलाडीहरूले अनुशासन सहित निरन्तर मिहिनेत गर्दै आफ्नो खेल जीवनलाई स्वर्णिम बनाई सम्पूर्ण परशुराम बासीलाई गौरवान्वित बनाउनु हुनेमा आफू विश्वस्त रहेको बताए ।  

May be an image of 11 people and people standing

जनाअवजको टिप्पणीहरू