मुख्यमन्त्री रावल आजै सरकारबाट बाहिरिने सम्भावना

बोलन्या थली | २५ माघ २०७९, बुधबार
मुख्यमन्त्री रावल आजै सरकारबाट बाहिरिने सम्भावना

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विश्वासको मत नदिने निर्णयले मुख्यमन्त्री राजेन्द्र रावल आजै सरकारबाट बाहिरिने भएका छन् ।विश्वासको मत लिन आज प्रदेश सभाको बैठक बोलाएका मुख्यमन्त्री रावल नाउपा उपस्थित नभए अल्पमतमा पर्ने छन् ।

नेकपा एमालेका एक प्रदेश सभा सदस्यले विश्वासको मत प्राप्त नगरे आजै मुख्यमन्त्री सरकारबाट बाहिरिने सम्भावना बढेको छ ।

प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संबिधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसावले नेपाली काँग्रेसलाई सरकार बनाउने बाटो खुला हुने बताए । नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री रावलले विश्वासको मत लिन आज दिउसो १ बजे प्रदेश सभाको बैठक बोलाएका छन् ।

एमाले संसदीय दलका नेता रावल २९ प्रदेश सभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । २६ माघ अर्थात् बिहीबारसम्म प्रदेश सभामा विश्वासको मत नलिए रावल नेतृत्वको सरकार स्वतः ढल्नेछ । अन्य ६ प्रदेशका मुख्यमन्त्रीले भने विश्वासको मत लिइसकेका छन् ।

जनाअवजको टिप्पणीहरू