सुदूरपश्चिममा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने

बोलन्या थली | १२ माघ २०७९, बिहीबार
सुदूरपश्चिममा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने

धनगढी । सुदूरपश्चिम प्रदेशमा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने छ ।प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले एक प्रेस विज्ञप्ति गर्दै  नेपाल आयल निगमको आधिकारिक बिक्रेताबाहेक अरुले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको हो ।

जसअनुसार गैरकानूनी तरिकाले पेट्रोलियम पदार्थ बोतल तथा जर्किनलगायतका भाँडामा राखी बिक्री गर्न नपाइने भएको हो ।

“कार्यालयबाट भएको अनुगमनमा अवैधरुपले पेट्रोलियम पदार्थ बिक्रीवितरण भएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “यसबारे गम्भीर ध्यानाकर्षण भएको छ ।” विज्ञप्तिमा अति प्रज्वलनशील पदार्थ खुलारुपले बिक्रीवितरण तथा भण्डारण गर्दा आगलागीका घटना निम्तिनेसँगै मानवीय र भौतिक क्षति हुने भएकाले रोक लगाइएको उल्लेख छ ।

गैरकानुनीरुपमा पेट्रोलियम पदार्थ बिक्रीवितरण गरिएको पाइए कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

No photo description available.

जनाअवजको टिप्पणीहरू