अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

बोलन्या थली | ९ श्रावण २०७९, सोमबार
अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

अछाम ।अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा सविधान विष्ट, बुहारी हरिकला विष्ट रहेका छन् । यस्तै पहिरोमा परि नैना विष्ट गम्भीर घाइते भएकी छन् ।

गए राति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयले बताएका छन् ।

जनाअवजको टिप्पणीहरू