कोभिडबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

बोलन्या थली | १८ असार २०७९, शनिबार
कोभिडबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

धनगढी ।निमार्ण व्यवसायी सङ्घ कैलालीले कोभिडबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग वितरण गरेको छ ।

कोभिड १९ रोगका कारण स्वर्गारोहण भएका सङ्घका साधारण सदस्यहरूको सम्झनामा आज शनिवार एक श्रद्धाञ्जली सभा कार्यक्रम मार्फत आठ जनाको परिवारलाई आर्थिक सहयोग वितरण गरिएको सङ्घका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए ।

No description available.

कोरोनाका कारण सङ्घका ८ जनाको मृत्यु भएको थियो । मृत्यु भएका परिवारलाई एक लाख पचास हजारका दरले प्रति परिवारलाई आज सो रकम हस्तान्तरण गरिएको हो । अध्यक्ष उपाध्यायले आगामी दिनहरूमा पनि यस्ता सहयोगहरू  गर्न आफुहरु तयार रहेको बताए ।

कोरोनाका कारण निमार्ण व्यवसायी सङ्घ कैलालीका साधारण सदस्य श्याम सुन्दर मण्डल,प्रकाश चटौत,चित्र बहादुर कार्की,प्रकाश शाह, उद्धव श्रीमाल,नीरज प्रकाश चटौत, हरि प्रसाद अवस्थि,राजु प्रसाद श्रेष्ठको मृत्यु भएको थियो । 

जनाअवजको टिप्पणीहरू