अब जनप्रतिनिधि भएर जनताको सेवा गर्छु : बिष्ट
डडेल्धुरा : जिल्लाको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष पदका उमेदवार नर बहादुर बिष्टले अब जनप्रतिनिधि भएर जनताको सेवा गर्ने बताएका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा डडेल्धुरा जिल्ला ईन्चार्ज समेत रहेका बिष्टले यहि वैशाख ३० गते हुन गइरहेको आसन्न स्थानिय तहको चुनावका लागि गन्यापधुरा गाउँपालिकाको अध्यक्ष पदका लागि आफुले उम्मेदवारी दर्ता गराएसकेकोले आफुलाई भारीमतका साथ विजयी गराइदिन समेत सबैमा आग्रह गरेका छन् ।
राजनितिमा हुँदा सामाजिक सेवा गरिदै आएकोले अब प्रत्यक्ष रुपमा जनताको सुख र दुखको साथ दिनलाई जनप्रतिनिधिको भुमिकामा रहने बताए । राजनितिको लामो अनुभव भएकाले स्थानिय जनताको सेवाका लागी आफु मितव्ययी र सरल व्यक्तिको रुपमा रहने विश्वास व्यक्त गरे ।
काग्रेस बिचको आन्तरीक द्धन्दका बिच नेकपा एकिकृत समाजवादीका बिष्टले आफ्नो जित सुनिश्चित रहेको दावी गरे । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा डडेल्धुरा जिल्ला ईन्चार्ज समेत रहेका वि.स. २०३४ सालबाट राजनितिमा सक्रिय भएका थिए । अहिले नेकपा एकिकृत समाजवादीको कलम चिन्हबाट चुनावमा होमिएका छन् ।
बिष्टले २०४७ मा तत्कालिन माले पार्टी हुदै २०४८ मा नेकपा एमाले जिल्ला कमिटी सदस्यको भुमिकामा रहि तत्कालिन नेकपा एकालेको महाधिवेशसन प्रतिनिधि, जिल्ला विकास समिति सदस्य हुदै जिल्ला कमिटी सचिवालय सदस्यको भुमिका निर्वाह गरिसकेका छन् ।