सहकारी नै आजको आवश्यकता हो : मन्त्री जोशी

बोलन्या थली | १० पुष २०७८, शनिबार
सहकारी नै आजको आवश्यकता हो : मन्त्री जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सहकारी नै आजको आवश्यकता भएको बताएकी छिन् ।

सुदूर नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको आठौँ साधारण सभाको उद्घाटन समारोहमा  बोल्दै उनले सो कुरा बताएकी हुन् ।

ग्रामीण अर्थतन्त्रलाई सहरी अर्थतन्त्रणसंग जोड्ने सहकारीले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।  “सानो अर्थतन्त्रले मुलुकको ठुलो अर्थतन्त्रलाई योगदान गर्ने कुराहरूमा महत्त्वपूर्ण भूमिका खेल्दछ,” उनले भनिन्, “त्यस कारणले पनि सहकारी आजको आवश्यकता हो ।”

पछिल्लो समय सहकारी बढ्दै गइरहेको र सहकारीले विशिष्ट क्षेत्रमा रहेर सहकारी खोलको भए पछि अझ प्रभावकारी हुने उनले बताइन् । समाजका विभिन्न विधामा रहेर सहकारी स्थापना भएको बताउँदै उनले विशिष्ट क्षेत्रमा रहेर सहकारी स्थापना भएको भए अझ प्रभावकारी हुने उनको भनाई छ ।

नवजीवन  सहकारीले अस्पताल सञ्चालन गरेको उदाहरण दिँदै उनले शिक्षा स्वास्थ्य,पर्यटन लगायतका क्षेत्रमा रहेर सहकारीको विकास गर्न आवश्यक रहेको बताइन् ।

सुदूर नेपाल बचत तथा ऋण सहकारीको आर्थिक वर्ष २०७७/७८को आन्तरिक लेखा परीक्षण प्रतिवेदनका अनुसार गत वर्षको तुलनामा यस वर्ष संस्थाको कारोबार वृद्धि भएको जनाएको छ । गत वर्ष निक्षेप ४ करोड ५४ लाख ३७ हजार भएकोमा यस वर्ष बढेर ५ करोड १४ लाख २२ हजार पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत चेतराज जोशीले बताए ।

 उनका अनुसार यस वर्ष निक्षेप संकलनमा १३ दशमलव १८ प्रतिशतले वृद्धि भएको हो ।  यस वर्ष संस्थाले आर्थिक कारोबारबाट वर्षमा २२ लाख ६३ हजार मुनाफा आर्जन गरेको जनाएको छ । 

जनाअवजको टिप्पणीहरू