एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष जोशी एकीकृत समाजवादीमा प्रवेश

बोलन्या थली | २४ कार्तिक २०७८, बुधबार
एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष जोशी एकीकृत समाजवादीमा प्रवेश

डडेल्धुरा : गत जिल्ला अधिवेशनमा एमालेको डडेल्धुरा अध्यक्षमा निर्वाचित डा. तारा जोशी बुधबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

लामो समयसम्म कतै पनि नखुलेका डा. जोशी केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । एमालेमा देखिएको व्यक्तीवादी, सिद्धान्तहीन र अराजकतावादी सोचका विरुद्ध आफूहरु समाजमावादीमा लागेको उनले बताए । नेता डा. जोशीले आफूसहितको सम्पूर्ण टीम समाजवादीमा क्रियाशिल हुने बताए ।

जोशीले २६ वर्षको उमेरमै ०५४ सालतिर एमालेको जिल्ला नेतृत्व लिएका सम्हालेका थिए । पछिल्ला दुई अधिवेशनमा पनि उनी अध्यक्ष छानिएका थिए । गत प्रदेश सभा निर्वाचनमा पनि एमाले भित्रको अन्तरघातका कारण उनी ३५६ मतले पराजित भएका थिए ।

जनाअवजको टिप्पणीहरू