चियाका पारखिका लागि धनगढीमा खुल्यो ‘चिया थली’

बोलन्या थली | १४ आश्विन २०७८, बिहीबार
चियाका पारखिका लागि धनगढीमा खुल्यो ‘चिया थली’

धनगढी : धनगढीमा चियाका पारखिका लागि चिया थली संचालनमा आएको छ । बझाङका युवक खम्बिर रौलेले धनगढीको क्याम्पस रोड नजिक चियाका पारखिका लागि चिया थली संचालनमा ल्याएका हुन् ।

चिया थलीमा विशेष गरि मटका चिया, मसला मिल्क/ब्ल्याक चिया, कोल्ड चिया, हट लेमोट, लेमोन एण्ड होनि चिया, गिन्जर एण्ड होनि चिया, ग्रीन चिया र रेगुलर मिल्क/ब्ल्याक चिया रहेको संचालक बताए ।

केही समयमा चिया थलीमा तन्दुरी मटका चिया पनि सेवा दिने उनले बताए ।चिया थलीमा चियासङ्गसङ्गै ग्राहकलाई समसामयिक खाजा नास्ता संगै अर्गानिक कोदो रोटि, मकैको रोटी, माणा, फापरको रोटी, ढेँडो लगायत नास्ताका परिकारहरुको सेवा उपलब्ध रहेको उनले बताए ।

जनाअवजको टिप्पणीहरू