राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

बोलन्या थली | २ भाद्र २०७८, बुधबार
राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मंगलबार मन्त्रिपरिषद्ले निर्णय गरी सिफारिस गरेको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्ने व्यवस्थासहितको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेकी हुन् ।

आज दिउँसो १ बजेर १० मिनेटमा उक्त अध्यादेश जारी भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपतिले जारी गरेसँगै अध्यादेश राजपत्रमा प्रकाशनका लागि पठाइनेछ । राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ ।

अब कुनै पनि दलले आफ्नो दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये जतासुकैको २० प्रतिशत पुर्‍याएर अर्को दल गठन गरेमा त्यसले वैधानिकता पाउनेछ ।

जनाअवजको टिप्पणीहरू