बोलन्या थलीको ‘डर्टस पार्क’ निमार्णका लागि २५ लाख बजेट विनियोजन


धनगढी । सुदूरपश्चम प्रदेश सरकारले बोलन्या थलीको डर्टस पार्क निमार्णका लागि बजेट बिनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले जोखिममा परेका महिला,बिभिन्न कारणबाट हिंसामा परेका महिलाहरुको तत्कालै उद्धार गरी निजहरुको तर्फबाट निशुल्क बहस तथा पैरवी गर्न आवश्यक कानूनी परामर्श तथा सहायता प्रदान गरी पिडितलाई न्याय पुनस्र्थापन गर्ने गरि डोटीको जोरायल गाउँपालिका बुडरमा निमार्ण भईरहेको डर्टस पार्क भवन निमार्ण गर्नलाई २५ लाख बजेट विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले डर्टस पाक निर्माणका लागि सो बजेट विनियोजन गरिएको बताए।
निर्मला, भागरती र सम्झना लगायत छोरीहरूको स्वप्निल संसारको कल्पनामा बन्दै गरेका पार्क सङ्गै महिला हिंसाको उठान र निरुत्साहित गर्ने रचनात्मक अभियान , लगायत अध्ययन केन्द्रहरुको निर्माण हुने बोलन्या थलीका संयोजक यादब जोशीले जानकारी दिए ।
बोलन्या थलीले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पार्क निमार्णका लागि प्रस्तावना पेश गरिएको थियो । यसमा महत्वपुर्ण भुमिका खेल्ने आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी प्रति संयोजक जोशीले आभार व्यक्त गरे ।
