कैलालीमा जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी

बोलन्या थली | १७ जेष्ठ २०७८, सोमबार
कैलालीमा जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी

धनगढी । कैलालीमा जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी भईरहेको छ । जिल्लामा कोरोना संक्रमणदर  घट्दै गएपछि प्रशासनले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागेको हो ।  १६ बैशाखदेखि जारी निषेधाज्ञाका कारण कैलाली बजार नै ठप्प रहेका बेला केहि दिनमै निषेधाज्ञाको मोडालिटी परिवर्तन हुन सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

‘यति गतेदेखि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने भन्ने तयार भएको छैन्,सूचना अधिकारी जोशीले भने, ‘सम्भव एक दुई दिनमै यसको टुङ्गो लाग्छ ।’ अहिले  प्रशासनले निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु २४ घण्टा नै चलाउने अनुमती दिइसकेको छ ।

जेठ १२ गतेको निर्णय संशोधन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै निर्माण सामाग्री ढुवानीका सवारी २४ घण्टा नै सञ्चालन गर्न पाउने भनेको हो । २१ गतेदेखि बैंक तथा वित्तिय संस्था पनि केही घण्टा सञ्चालन हुने गरी निषेधाज्ञा जारी हुने सम्भावना बढि छ ।

अहिले नै बजार व्यवसाय र सार्वजनिक सवारी साधन सञ्चालनका लागि भने अनुमती नपाइने प्रशासनले स्रोतले बतायो । जिल्लामा कोरोना सक्रमणदर कम गर्नकै  लागि प्रशासनले पाँच पटक निषेधाज्ञा थप गरेको हो । पाँच पटक थप गरेको निषेधाज्ञा समयअवधि आउदौ जेठ २० गते राति १२ बजे सम्म रहेने छ । 

जनाअवजको टिप्पणीहरू