कैलालीको गेटामा निमार्णाधिन आइसोलेसन सेन्टरलाई प्रदेश सरकारको साथ

बोलन्या थली | ५ जेष्ठ २०७८, बुधबार
कैलालीको गेटामा निमार्णाधिन आइसोलेसन सेन्टरलाई प्रदेश सरकारको  साथ

कैलाली- कैलालीको गेटामा निमार्णाधिन आइसोलेसन सेन्टरलाई प्रदेश सरकारले साथ दिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्देशन अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी गेटा मेडिकल कलेजमा आइसोलेसन सेन्टर निमार्ण भइरहेको छ ।

अहिले  बिजुली बत्ती, पानी, बेड निर्माण  लगायतका आवश्यक पर्ने काम भइसकेको जनाएको छ । आइसोलेसन सेन्टरमा अक्सिजन ग्याँसको अभावकै कारण तत्काल सञ्चालन हुन नसकेका बेला प्रदेश सरकारले साथ दिएको हो ।

आइसोलेसन सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको  कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले आइसोलेसन तथा होल्डिङ सेन्टर सञ्चालनका लागि ५० लाख आर्थिक सहयोग गर्ने र २० जना स्वास्थ्यकर्मी परिचालन गर्ने बताएको छ ।  

प्रदेशको सामाजिक विकास मन्त्रालयले त्यहाँ आवश्यक जनशक्ति करारमा भर्ना गर्ने भएको हो । मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. जगदीश जोशीका अनुसार २ जना बिषेशज्ञ चिकित्सक , २ जना मेडिकल अफिसर , ५ जना स्टाफ नर्स , २ जना हेल्थ असिसटेन्ट , २ जना अहेब , २ जना अनमी , २ जना ल्याब टेकिनिसियन र ३ जना सरसफाई कर्मी गरी २० जनालाई खटाउने भएको हो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनका लागी अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदका साथै अन्य आवश्यक व्यवस्थापनका लागी सो रकम प्रदेश सरकारले सो रकम जिल्ला संकट ब्यब्स्थापन केन्द्र कैलालीलाई दिने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रदेशका बिभिन्न सरकारी तथा निजी अस्पताहरु  संक्रमितले भरिभराउ हुन पुगेका छन् । संक्रमितलाई उपचारमा सहज गर्ने उद्देश्यले  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्देशन अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र को मातहतमा रहने गरी गेटा मेडिकल कलेजलाई आइसोलेसन सेन्टर बनाउन लागिएको हो ।

केन्द्र सरकार र प्रदेश सरकारको आवश्यक समन्वय नहुँदा गेटामा निर्माणाधीन होल्डिङ सेन्टर र आइसोलेसनको काम अलपत्र पर्दै आइरहेको थियो । प्रदेश सरकारको यो निर्णय सँगै अब काम अगाडी बढ्ने सम्भावना देखिएको छ ।  

जनाअवजको टिप्पणीहरू