कञ्चनपुरको भारत सँग जोडिएका सिमानाका क्षेत्रमा होल्डिङ सेन्टर निमार्ण हुने
कञ्चनपुरको भारत सँग जोडिएका सिमानाका क्षेत्रमा होल्डिङ सेन्टर निमार्ण हुने भएको छ । जिल्लाको पश्चिमी सिमानाका गड्डाचौकी र दक्षिणी सिमानाका गौरीफन्टामा एक -एक हजार जना क्षमताको दुई ओटा होल्डिङ सेन्टर निमार्ण गरिन लागेको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकामा हाल अवस्थित हेल्थडेस्कको पूर्वतिर एक हजार जना क्षमताको होल्डिङ सेन्टर निमार्ण गरिनेछ भने गौरीफन्टा नाकाको हकमा कञ्चनपुर जिल्लाको भुभाग या कैलाली जिल्लाको भुभाग मध्ये एक जिल्लाको भुभागलाई सहमती अनुसार उक्त क्षेत्रमा होल्डिङ सेन्टर निमार्ण गरिने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार भारतबाट दिनप्रति दिन नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई सिमा क्षेत्रमा समस्यामा परेका कारण स्थानिय तह लगायत संघसंस्थाको सहयोगमा अस्थायी रुपमा होल्डिङ सेन्टर निमार्ण गरिने भएको उनले जानकारी दिए ।
“भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिहरु स्वदेश भित्रिने बेला सिमा क्षेत्रमा निषेधआज्ञाका कारण समस्यामा परेको अवस्था छ ।” प्रमुख जिल्ला अधिकारी महतोले भने, “निषेध आज्ञाको समय अवधिभर सिमाक्षेत्रमा यातायातको समस्या भएका नागरिकहरुलाई सुरक्षित गन्तव्य सम्म पुगाउनको लागि शौचालय, बसोबास, खाना तथा पानीको सुविधा प्रत्याभुत हुने गरी होल्डिङ् सेन्टर निमार्ण केही दिनमै सम्पन्न हुने गरी तयारीमा जुटेका छौ ।”
होल्डिङ सेन्टर निमार्णमा विभिन्न निड्स नेपाल नामक गैरसकरारी संस्था, भीमदत्त नगरपालिका र नेपाली सेनाले मदत गर्नेछ । केही दिनमै निमार्ण गरिने होल्डिङ सेन्टरमा महिला र पुरुष गरेर अलग-अलग रुपमा राखिनेछ ।
पश्चिमी सिमानाका गड्डाचौकीमा निमार्ण हुनलागेको हजार जना क्षमताको होल्डिङ सेन्टरमा भीमदत्त नगरपालिकाले सेन्टरको लागि चाहिने आवश्यक बाँस लगायत उपकरणको सहयोग गर्नेछ । यस्तै निड्स नेपाल संस्थाले भने त्रिपाल लगायत टेन्टको मदत होल्डिङ् सेन्टर निमार्णमा गर्ने भीमदत्त नगरपालिकाले जनाएको छ । नगर प्रमुख सुरेन्द्र विष्टका अनुसार अस्थायी रुपमा निमार्ण गरिने लागेको उक्त होल्डिङ सेन्टर निमार्ण अगाडि जतिसक्दो चाँडो निमार्ण सम्पन्न गर्ने योजनामा नगरपालिका रहेको उनले बताए ।
“सरकारले स्थायी रुपमा भारत सँग जोडिएका सिमा क्षेत्रहरुमा होल्डिङ सेन्टर बनाउने भनेर निर्णय गरेको थियो, निर्णय गरेको भएपनि बजेट व्यवस्थापनको कुरामा ढिलाई भयो ।” भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने, “स्थायी रुपमा सरकारले होल्डिङ सेन्टर बनाउने निर्णय गरेको भएपनि नगरपालिकाले नेपाली सेना, निड्स नेपाल सँग साझेदारी गरेर अस्थायी रुपमा भएपनि होल्डिङ सेन्टर निमार्ण गर्न लागेको हा, केही दिनमा नेपाली सेनाले अस्थायी रुपमा निमार्ण गर्नेछ ।”
गड्डाचौकीमा बन्न लागेको होल्डिङ सेन्टर श्रोतसाधन नगरपालिकाले जुटाउने र निमार्ण भने नेपाली सेनाले गर्नेछ ।
यस्तै नेपाल सरकारको मन्त्री परिषदबाट बैशाख ६ गते जारी भएको आदेशमा मुलुक भरी भारतसँग जोडिएका १३ ओटा खुल्ला सिमानाका क्षेत्रमा होल्डिङ सेन्टर स्थायी रुपमा बनाउने निर्णय गरिएको थियो ।
सरकारीले स्थायी रुपना बनाउने भनेपनि नगरपालिकाले स्वदेश फर्कने नेपाली नागरिकको सहजताका लागि केही दिनको लागि भएपनि अस्थायी रुपमा होल्डिङ सेन्टर निमार्ण गर्न लागेको नगर प्रमुख विष्टले बताए ।
“कोरोनाको यतिबेला दोस्रो लहर आएको अवस्था त्यसकारण कोरोनाको तेस्रो लहर पनि नआउने भन्ने हुँदैन, सिमा क्षेत्रमा होल्डिङ सेन्टर स्थायी रुपले नै आवश्यक भएको छ ।, सरकारले स्थायी रुपले निमार्ण गर्नु अहिलेको आवश्यकता पनि हो, तर समयमै बजेट व्यवस्थापन नहुँदा नगरपालिकाले आफ्नो श्रोत साधनबाटै स्थायी रुपले निमार्ण गर्न समस्या भएको हुनाले अस्थायी रुपमा बनाउने योजना अघि सारिएको हो ।” नगर प्रमुख विष्टले भने, ।
नगरपालिकाले अस्थायी रुपमा निमार्ण गर्न लागेको होल्डिङ सेन्टरको लागि अन्य क्षेत्रको सहयोग पश्चात पनि ३५ हजार जति लाग्ने अनुमान गरिएको छ । यसैगरी यता नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले भने कोविड–१९ संक्रमणलाई रोकथाम गर्ने भनेर नेपाल सरकारबाटै होल्डिङ सेन्टर निमार्ण गर्ने भन्ने आदेश बमोजिम होल्डिङ सेन्टर निमार्ण गर्न लागेको जनाएको छ ।गुल्मका गुल्मपति सेनानी प्रतिक सिंह कार्कीले स्थायी रुपमा निमार्ण गरिने संरचना बिस्तारै बन्ने भएकोले अहिले बन्न लागेको होल्डिङ सेन्टर अस्थायी रुपमा भएको उनले बताए ।
मन्त्रालयबाट स्थायी रुपमा निमार्ण गरिने होल्डिङ सेन्टरको बजेट व्यवस्थापन नभएको र बजेट व्यवस्थापन हुने वित्तिकै होल्डिङ सेन्टर निमार्ण गरिने गुल्मपति सेनानी प्रतिक सिंह कार्कीले जानकारी दिए ।