कैलालीको गोदावरी पुलमा २१ वटा नेपालको झन्डा राखिए


धनगढी,२१ चैत । कैलालीको गोदावरी पुलमा फेरि नेपालको झन्डा राखिएको छ । गत दुई महिना पहिले काठको पुलको बिचमा थ्रिडिभिएल सस्थाले राखेको झन्डा अज्ञात समुहले भाँचिदिएपछि शनिवार फेरि सोही संस्थाले २१ वटा झन्डा पुलमा राखेको थ्रिडिभिएल क्रेसनका अध्यक्ष दिपक ओझाले बताए ।

पछिल्लो समय सो झन्डाले पर्यटकहरुलाई समेत आर्कषक बनाएको थियो । फेरि पनि झण्डाको अपमान नगरिदिन उनले सबैलाई आग्रह गरेका छन् । यसले यस क्षेत्रमा फेरि पनि पर्यटकहरुको आवागमन बढ्न सक्ने अनुमान गरिएको छ ।

