प्रधानमन्त्री रोगजार कार्यक्रम : कृष्णपुर नगरपालिकामा ३ सय ६६ जनाले पाए रोजगारी

बोलन्या थली | २१ चैत्र २०७७, शनिबार
प्रधानमन्त्री रोगजार कार्यक्रम : कृष्णपुर नगरपालिकामा ३ सय ६६ जनाले पाए रोजगारी

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रम अन्र्तगत ३ सय ६६ जनाले रोजगारी पाएका छन् ।

प्रधानमन्त्री रोगजार कार्यक्रमका लागि छनौटमा परेका नगर भित्रका ३ सय ६६ जना बेरोजगारलाई उक्त कार्यक्रममा सहभागी गराइएको हो ।

कार्यक्रममा सहभागीहरुले वडा र नगरले छनौट गरेका योजनाहरुको काममा लगाइएको प्रधानमन्त्री रोगजार कार्यक्रम कृष्णपुर नगरपालिकाका संयोजक रमेश प्रसाद भट्टले जानकारी दिए । यसका लागि १ करोड ८९ लाख ३ सय ६६ रुपैया बजेट आएको उनले बताए ।

आर्थिक अबस्था कमजोर भएका बेरोजगारहरुले वडामा फाराम भरेकाहरुको आवश्यक प्रकृया पुञ्याएर नगरबासीहरुलाई प्रधानमन्त्री रोगजार कार्यक्रम कार्यक्रममा समेटिएको उनले बताए ।

छनौट भएका बेरोजगारहरुले दैनिक ५ सय १७ रुपैयाका दरले एक सय दिनको रोजगार पाउने संयोजक भट्टले बताए ।

उनीहरुलाई नगरभित्रका भित्रि सडकहरुको मर्मत सम्भार , नयाँ ट्याक खोल्ने , नाली बनाउने , तालजाली हाल्ने , सिचाईका नालीहरु खन्ने लगाएतका काममा लगाइएको उनले बताए । सुरुमा केही वडाहरुमा माघ ४ गतेवाट उक्त कार्यक्रमम सुरु भएपनि केही वडाहरुमा अहिले काम सुरु गरिएको उनले बताए । 

जनाअवजको टिप्पणीहरू