प्रधानमन्त्री ओली आज धनगढी आउदै
धनगढी । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउने भएका छन् । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी आउन लागेका हुन् । ओली समूहले आज धनगढीमा विशाल जनसभा गर्दैछ ।
पार्टी विभाजन पछि पहिलो पटक ओली राजधानी बाहिर जान लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । यसअघि राजधानीमा भएको विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।
बुधबार सुदूरपश्चिम प्रदेश कमिटिले कमिटि विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको थियो । सो बैठकले ३० लाख हिनाममिना गरेको भन्दै नेकपा नेता भीम रावलालाई कारवाहीको सिफरिस पनि गरेको थियो ।प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुष २४ गते करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने आयोजकले जनाएको छ ।
स्रोतका अनुसार आमसभा स्थल तथा प्रधानमन्त्री आवात जावत गर्ने सडक क्षेत्रमा कालो व्यानर, कालो मास्क र कालोझण्डामा प्रतिबन्ध लगाइनेछ ।