नेकपा संसदीय दलद्वारा प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै विरोध गर्ने निर्णय

बोलन्या थली | १८ पुष २०७७, शनिबार
नेकपा संसदीय दलद्वारा प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै विरोध गर्ने निर्णय

धनगढी ।  नेकपा सुदूरपश्चिम संसदीय दलको आज धनगढीमा बसेको बैठकले प्रधानमन्त्री ओलीको कदम अंवैधानिक भएको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ । 

सो पार्टीका प्रदेश इन्चार्ज भीम रावलको उपस्थितिमा बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक रहेको ठहर गरेको छ । यसैगरी सुदूरपश्चिम प्रदेश सरकारलाई दृढतापूर्वक समर्थन जनाउने र बहुमत सदस्य रहेको प्रचण्ड–नेपाल पक्ष नै आधिरिक नेकपा रहेको र त्यसलाई समर्थन गर्ने निर्णय गरेको पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य दीर्घ सोडारीले जानकारी दिए । 

बैठकमा ओली पक्षका चार जनाको उपस्थिति रहेको थियो । उनीहरुले बैठकमा सहभागिता जनाए पनि हस्ताक्षर भने गरेनन् । सो पक्षबाट निवर्तमानमन्त्री पठानसिंह बोहराले धारणा राखेका थिए । 

जनाअवजको टिप्पणीहरू