कैलालीमा बैंक तथा बित्तीय संस्था एक दिन विराएर बिहान ८ देखि ११ बजेसम्म खुल्ने


धनगढी – कैलालीमा बैंक तथा बित्तीय संस्था आजदेखि एक दिन विराएर मात्रै खुला हुने भएका छन्। सोमबार नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसंग बसेको बैठकले आज देखि एक दिन बिराएर बैंक तथा वित्तिय संस्था खुला गर्ने निर्णय गरेको हो।
कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बैंकहरुले एकदिन बिराएर बिहान ८ देखि ११ बजेसम्म बैंक खोल्ने निर्णय गरिएको बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म बिष्टले जानकारी दिए।
सुदूरपश्चिममा गौरा पर्वको बिदा परेका कारण बिहीबारदेखि बैंक खुल्ने छन्।