किन जलाईयो राष्ट्रिय झन्डा ?

बोलन्या थली | २ भाद्र २०७७, मंगलवार
किन जलाईयो राष्ट्रिय झन्डा ?

नेपालको राष्ट्रिय झन्डालाई जलाईएको भिडियो युट्युबमा सार्बजनिक भएको छ । “देशद्रोही” बोलको गीत सोमबार युट्युबमा सार्बजनिक उक्त भिडियोलाई मङोल हप अफिसियल नामक नया युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

गीतमा क्षेत्री बाहुनलाई शरणार्थी भन्दै बिगतका घटनाहरु स्मरण गराईएको छ भने “भोलि तेरो सन्ततिको होलास नि बेहाल, मुलबासी मङोललाई छोटो माफी मागिहाल, नत्र भने आफ्नो बाटो लागिहाल” जस्ता शब्दहरु प्रयोग भएका छन् ।

भिडियो सार्बजनिक भएपछि यतिवेला सर्वत्र बिरोध र आलोचना भैरहेको छ । र्याप शैलिको उक्त गीतमा मङोल ग्याल्ज लिले र्याप हानेका छन् । गीतमा “ब्रा जस्तो हिन्दु झन्डा बोकि” आपत्तिजनक शब्दहरू पनि प्रयोग भएको छ ।

राष्ट्रिय झन्डालाई जलाउनु अपराध मानिन्छ । यस्तो भिडियो युट्युबमा अपलोड गर्नेलाई कडा कारबाही गर्ने सामाजिक सञ्जालमा माग गरिएको छ ।

जनाअवजको टिप्पणीहरू