भारतमा कोरोना संक्रमणबाट उत्तर प्रदेशका मन्त्री चौहानको मृत्युु

बोलन्या थली | ३२ श्रावण २०७७, आईतवार
भारतमा कोरोना संक्रमणबाट उत्तर प्रदेशका मन्त्री चौहानको मृत्युु

काठमाडौं । भारतको उत्तर प्रदेशका मन्त्री एवं भारतीय क्रिकेट टिमका पूर्व ओपनिङ ब्याट्सम्यान चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट आइतबार मृत्यु भएको छ । ७३ वर्षीय चौहानलाई कोरोना संक्रमण भएपछि गत महिना दोस्रो साता अस्पतल भर्ना गरिएको थियो ।

शनिबार उनको अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो भने त्यसको एकदिनपछि नै उनको मृत्यु भएको हो ।

चौहान खेलाडी हुँदा सुनिल गावास्करको ओपनिङ पार्टनरका रुपमा थिए । चौहानले भारतका लागि ४० टेष्ट र ७ ओडीआई म्याच खेलेका थिए ।

जनाअवजको टिप्पणीहरू