सीटीईभीटीको परीक्षा स्थगित
बोलन्या थली |
२९ श्रावण २०७७, बिहीबार
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ ।
सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सिटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए ।