सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि
बोलन्या थली |
२९ श्रावण २०७७, बिहीबार
डडेल्धुरा । सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
कूल ३ सय ५२ जनाको स्वाब परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए । उनका अनुसार डोटीका दिपायल सिलगढी नगरपालिकका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो।