क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी ओडको परिवारलाई आर्थिक सहयोग
बोलन्या थली |
२९ श्रावण २०७७, बिहीबार
धनगढी : कंचनपुरको कृष्णपुर नगरपालिकाको क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी राधादेबी ओडको परिवारलाई आर्थिक सहयोग दिएको छ । कृष्णपुर नगरपालिकाले ओडको परिवारलाई किरिया खर्च वापत २५ हजार सहयोग गरेको हो ।
बिहिबार सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी, नगरपालिकाका मेयर कर्णबहादुर हमालसहित अन्य जनप्रतिनिधिले ओडको घरमा गएर आर्थिक सहयोग गरिएको हो ।
दु:खद घटना भएको भन्दै नगरपालिकाले सक्दो सहयोग गर्ने कृष्णपुरका मेयर कर्णबहादुर हमाल बताए ।
मंगलबार कृष्णपुर नगरपालिकाको वड नम्बर ६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा करेन्ट लागेर २३ वर्षिया ओडको ज्यान गएको थियो ।