सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि


धनगढी । सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १० जनामा संक्रमण देखिएको हो ।
सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १४६ नमुनामध्ये १० जनामा संक्रमण पोजेटिभ देखाएको हो । अस्पातलका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका २ जना, कञ्चनपुरका ३ जना र दार्चुलाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
उनले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७, र ३ का एक एक जना पुरुष, कञ्चनपुरको बेलडाडी वडा नम्बर २ का एक जना, र बेलौरीका २ जनामा पुरुषमा संक्रमण देखिएको बताए ।
यस्तै दार्चुलाको मालिकार्जुनका ३ जना र मार्मा गाउँपालिकाको वडा नम्बर ३ का २ जनामा आज संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।