बिप्लव समूहका सेती महाकाली ईन्चार्ज पुन धरौटी नबुझाएपछि कारागार चलान

बोलन्या थली | २६ श्रावण २०७७, सोमबार
बिप्लव समूहका सेती महाकाली ईन्चार्ज पुन धरौटी नबुझाएपछि कारागार चलान

धनगढी: बिप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओम प्रकाश पुन कारागार चलान भएका छन् । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर नेता पुनले ५० हजार धरौटी नबुझाएपछि  कारागार चलान भएका हुन् ।

धरौटी नबुझाएपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका स्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए । नेता पुनले धरौटी तिरेर रिहा भए प्रहरीले अर्को मुद्दा लगाउने चाल पाएको भन्दै धरौटी नतिरेको बताए ।

पुनलाई धनगढी उपमहानरपालिका वडा नम्बर ७ को कनरी क्षेत्र बाट असार ३१ गते कटुवा पेस्तोल र गोली सहित पक्राउ गरेको थियो ।उनी सङ्गै पक्राउ परेकी उनकी श्रीमती पूर्णिमा धामीलाई सामान्य तारिखमा रिहाई भैइसकेकी छिन ।

जनाअवजको टिप्पणीहरू