सुदूरपश्चिममा भारी बर्षा
धनगढी : सुदूरपश्चिमा शनिबारदेखि पुनः भारी बर्षा हुदैछ । कैलाली र कंचनपुरमा भारी बर्षा भएसङै बाढी पहिरोको जोखीम रहेको सर्तकर्ता अपनाउन आग्रह गरिएको छ । भारी वर्षा हुदा कैलाली, कंचनपुरका विभिन्न क्षेत्र डुबान भएको छ ।
मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ रहेकाले आउँदो तीन दिनसम्म देशभर वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा गएराति देखि नै अविरल वर्षा भइरहेको छ । यो क्रम मंगलबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशकभर पूर्णतया बदली रही देशका अधिकांश भागमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा हुनेछ ।
सुदूरपश्चिमका केही स्थानहरूमा भारी वर्षा भएकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।