मुटुमा समस्या देखिएपछि रेशम चौधरी अस्पताल भर्ना


काठमाडौं : मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएपछि सांसद रेशम चौधरी अस्पताल भर्ना भएका भएका छन्। केही दिनदेखि मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको डिल्लीबजारस्थित कारागारका जेलर गणेश आचार्यले बताए।
२०७२ भदौ ७ गते सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले चौधरीलाई दोषी ठहर गरेको थियो।