सेती अस्पतालमा बिहीवार ३ सय ७५ जनामा गरिएको परिक्षणमा २ जनामा कोरोना संक्रमण
बोलन्या थली |
२२ श्रावण २०७७, बिहीबार
धनगढी : सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २ जनामा कोरोना पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको टिकापुर नगरपालिका २९ बर्षिय एक पुरुष र अछामको साफेबगर नगरपालिकाका २७ बर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको बताए।
पछिल्लो २४ घण्टामा ३ सय ७५ जनामा गरिएको परिक्षणमा २ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।