डडेल्धुरा अस्पतालमा १ सय ८९ जनाको परिक्षणमा ३ जनामा कोरोना पुष्टि
बोलन्या थली |
२२ श्रावण २०७७, बिहीबार
डडेल्धुरा : डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ३ जनामा कोरोना पुष्टि भएको छ।
डडेल्धुरा अस्पतालका अनुसार बिहिवार १ सय ८९ जनाको कोरोना परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
डोटिको साइल गाउपालिका १ का २८ बर्षिय पुरुष र १० बर्षिया बालिकामा संक्रमण देखिएको छ ।
यस्तै बैतडी मेलौली गाउपालिका ७ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।