लगानी बोर्डका नवनियुक्त सिइओ सुशील भट्टले आज पदभार ग्रहण


काठमाडौं, २१ साउन । लगानी बोर्डका नवनियुक्त सिइओ सुशील भट्टले आज पदभार ग्रहण गरेका छन्। बुधबार एक कार्यक्रमका बीच पदबहाली गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको भट्टलाई बोर्डको सीईओ नियुक्त गरेको थियो ।
भट्ट चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका हुन्। यसअघि उनी राष्ट्रिय योजना आयोगका सदस्य रहेका थिए ।