सुदूरपश्चिममा थप ३२ जनामा कोरोना संक्रमण

बोलन्या थली | २१ श्रावण २०७७, बुधबार
सुदूरपश्चिममा थप ३२ जनामा कोरोना संक्रमण

धनगढी : सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार २४ घण्टामा ३२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले लम्की चुहा नगरपालिकाका ९ मा १७, भजनी नगरपालिकाका २, गोदावरी नगरपालिका वडा नम्बर ४ र टीकापुर नगरपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

यस्तै अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ का ७, बझाङको खप्तडछान्नाकि एक र जयपृथ्वी नगरपालिकाका २ रहेका छ्न ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ का एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ७० पुगेको छ। 

जनाअवजको टिप्पणीहरू