नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

बोलन्या थली | २० श्रावण २०७७, मंगलवार
नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसङ्गै नेपालमा संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ८७ जनामा गरिएकाे पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
म‌गलबार ६५ जना उपचारपछि निकाे भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन्।

जनाअवजको टिप्पणीहरू