सुदूरपश्चिम प्रदेशमा आज थप ३३ जनामा कोरोना पुष्टि


सुदूरपश्चिम प्रदेशमा आज थप ३३ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १७० नमुनामध्ये ३३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।