भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

बोलन्या थली | १८ श्रावण २०७७, आईतवार
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

एजेन्सी, १८ साउन । भारतका गृहमन्त्री अमित शाह कोरोना भाइरसको संक्रमित भएका छन् । उनले आज ट्वीट गर्दै आफूलाई कोभिड(१९ पोजेटिभ भएको खुलाएका हुन् ।

शाहले अब चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना हुन लागेको जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य ठिक रहेपनि अस्पताल भर्ना हुने बताए ।

शाहले आफूसँग सम्पर्कमा आएकालाई पनि चेकजाँच गर्न आग्रह गरेका छन् । सबैलाई आइशोलेशनमा बस्न भनेका छन् ।

जनाअवजको टिप्पणीहरू