धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २६ जनामा कोरोना संक्रमण पुष्टि
बोलन्या थली |
१६ श्रावण २०७७, शुक्रबार
धनगढी – सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २६ जनामा संक्रमण पुष्टि भएको हो।
सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका १६, टीकापुर ७, बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ का २५ बर्षीय पुरुषमा कोरोना देखिएको जनामा कोरोना पुष्टि भएका सूचना अधिकारी श्रेष्ठले बताए ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ।


