पश्चिम सेतीको माग गर्दै डोटीमा बृक्षारोपण अभियान (फोटो फिचर)

बोलन्या थली | १६ श्रावण २०७७, शुक्रबार
पश्चिम सेतीको माग गर्दै डोटीमा बृक्षारोपण अभियान (फोटो फिचर)


डोटि – पश्चिम सेतीको माग गर्दै डोटीमा बृक्षारोपण अभियान सुरुवात गरेको छ । बोलन्या थलीले डोटीको दिपायल सिलगाढी नगरपालिका – २ को हलि खोलाबाट अभियानको सुरुवात गरेको हो।
उत्त कार्यक्रममा समाजसेवी जित खड्का र वडा अध्यक्ष राजेन्द्र खड्का सहित स्थानीयको सहभागी रहेको थियो । भु तथा जलाधार ब्यबस्थापन कार्यालय डोटीले बृक्षारोपणका लागि उपलब्ध गराएको थियो । अभियान सुदुर पश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरुमा ७५० बोटाका दरले ६६००० बोट बृक्षारोपान गरिने थलीका संयोजक यादब जोशीले बताए ।
७५० मेगावाट क्षमताको जलाशययुक्त आयोजना पश्चिम सेती चाडो बनाउन बोलन्या थलीले बिभिन्न रचनात्मक आन्दोलन गर्दै आईरहेको छ ।
यस अघि बोलन्या थलीले पश्चिम सेतीको माग राख्दै काठमाडौको माईतीघरमा कचौरा आन्दोलन , संसदहरुको साझा सार , सडक – संगीत र संघर्ष , प्रधानमन्त्रीलाई १ लाख पत्र , दिपायलको पुलमा ७५० टुकी आन्दोलन आदि सम्पन्न गरिसकेको छ ।

जनाअवजको टिप्पणीहरू