अब त अति भो !


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भुसको आगोझैँ संक्रमण फैलिएको बताउँदै सरकारको तयारी अपुग भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर नेता थापाले प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त भएको आरोप लगाउँदै संक्रमण रोकथामका लागि सरकारको तयारी अपुग भएको बताएका हुन् ।
‘प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! भुसको आगोझैँ संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्नेगरी भनौँ– अब त अति भो !”