सुदूरपश्चिममा एकैदिन थप ८० जनामा कोरोना संक्रमण पुष्टि
बोलन्या थली |
१३ श्रावण २०७७, मंगलवार
सुदूरपश्चिममा मंगलबार कोरोना भाईरसको संक्रमण थप ८० जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा ४२ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बुलेटिनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाए । उनका अनुसार डोटीका ३५ र बझाङ जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको छ भने डोटीको सायल गाउँपालिकाका १९ जना, आदर्श गाउँपालिकाकाका ४ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कैलालीको गोदावरी नगरपालिकाका १८ जना र कञ्चनपुरको बेलौरी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।