प्रचण्डले प्रधानमन्त्रीको अनुपस्थितिमा स्थायी कमिटी बैठक सुरु


काठमाडौं, १३ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक सुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बैठक सुचारु गरेका हुन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको छ ।प्रधानमन्त्री ओलीइतरका स्थायी कमिटी सदस्यहरूले बालुवाटारमा बैठक सुरू गरेका थिए। बैठकको बीचमै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए। file photo