बुढीगंगा नगरपालिका–१ का वडाध्यक्षको मृत्यु
बोलन्या थली |
७ श्रावण २०७७, बुधबार
बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका १ का वडाध्यक्ष राजेश कुमार सिंहको मृत्यु भएको छ । बुधबार बिहान नुहाएर फर्कने क्रममा एक्कासी बेहोस भएका सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।
६८ वर्षीय सिंह घरमा पूजाको लागि नुवाएर फर्किंदै थिए । के कारणले मृत्यु भएको भन्ने एकिन हुन नसकेपनि ह्रदयघात भएको हो कि भन्ने अनुमान गरिएको प्रहरी नायव उपरीक्षक टंक प्रसाद न्यौपानेले जानकारी दिए । सिहं नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।