नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

बोलन्या थली | ७ श्रावण २०७७, बुधबार
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

विराटनगर । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।

जनाअवजको टिप्पणीहरू